logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँ म्याग्देका सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि रु १४ लाख सहयोग


  • रासस
  • सोमबार, कार्तिक ४ २०७६

पोखरा-तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–६ स्थित एक सामुदायिक विद्यालयमा शिक्षकको तलबका लागि सूर्य नेपाल प्रालिले रु १४ लाख सहयोग गरेको छ । शुक्लागण्डकी नगरपालिका-७ मा रहेको सूर्य नेपालले रत्न माध्यमिक विद्यालयमा शिक्षक राख्न रु १४ लाख सहयोग गरेको हो ।

सूर्य नेपालले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्यसहित विद्यालयमा शिक्षक राख्न आर्थिक सहयोग गरेको कम्पनीका मानव स्रोत प्रबन्धक अञ्जन दुवाडीले जानकारी दिए । “सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा विभिन्न क्षेत्रमा सहयोग गर्ने लक्ष्यबमोजिम विद्यालयमा सहयोग गरिएको हो”, दुवाडीले भने, “३ वर्षका लागि विद्यालयसँग सम्झौता गरेका छौँ ।”
सूर्य नेपालले गरेको सहयोगबाट विद्यालयमा तीन माध्यमिक शिक्षकलाई तलबको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार चालू शैक्षिकसत्रदेखि नै विज्ञान, अङ्ग्रेजी र गणित शिक्षकका लागि तीन वर्षका लागि कम्पनीले सहयोग गरेको छ ।

विद्यालयमा सरकारी दरबन्दीमा १२ शिक्षक कार्यरत छन् । विद्यालयको आफ्नै स्रोत नहुँदा निजी शिक्षकलाई तलब खुवाउन समस्या परेको अवस्थामा कम्पनीले गरेको सहयोगले सहज भएको प्रअ भट्टराईले जानकारी दिए । दलित र जनजाति अध्ययन गर्ने उक्त विद्यालयमा ९८ दलित र ६४ जनजाति विद्यार्थी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार