logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सांसद थापा लगाएतलाई करोडौ फिरौती माग्दै हत्याको धम्की दिने ४ जना कास्की प्रहरी द्दारा सार्वजनिक


  • राजनीति
  • बिहिबार, माघ १८ २०७४

पोखरा/ पोखरा काङ्रेसका सांसद बिन्दु कुमार लगाएत व्यवसायी गर्दै आएका व्यापारीहरुलाई आफु मनोज पुन हु भनी धम्की दिइ करौडौ रकम माग्ने चार जनालाई कास्की प्रहरीले आज सार्वजनिक गरेको छ।

स्याङजा पुतलीबजार नगरपालिका वडा नम्बर ६ टक्सार घर भइ हाल पोखराको लेकसाइड ६ जरेबर बस्दै आएका नलबहादुर सहित स्याङजा फेदीखोला गाउँपालिका वडा नं ४ घर भई हाल पोखरा ६ जरेबर बस्ने अमृत खड्का, पर्वत कुश्मा १० घर भई हाल पोखरा ६ जरेबर बस्ने बर्ष २७ को रामु सुबेदी र स्याङजा फेदीखोला गाउ पालिकाका शिव कार्कीलाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको

उक्त टोलीले आफुहरु मनोज पुनको समुह भएको र नदिए ज्यान लिने भन्दै हाउजिङ ब्यवशायी कालु गुरुङ, उद्योग ब्यवशायी तथा प्रदेश सभा सदस्य बिन्दु थापा, मनकामना केवुलकारका संचालक राजेश बावु श्रेष्ठ र स्थानिय बोधराज गिरीलाई करोडौ रकम माग्ने र  धम्की दिने गरेको र उजुरीको आधारमा उनीहरुलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको  हो ।कास्की प्रहरीको सादा पोशाकको टोलीले उक्त समुहलाई पक्राउ गर्न सफल भएको हो ।

गत माघको १५ गते सांसद बिन्दु थापालाई तीन दिनको अल्टिमेटम दिइ म्यासेज तथा कल गरेपछि अनुसन्धान गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको कास्की प्रहरी प्रमुख अशोक सिंहले वताए । बोधराज कार्कीलाई धम्काइ पैसा माग्ने योजना बनाउदा नम्बर गलत भइ बोधराज गिरी लाई गएको कास्की  सिंहले वताए ।

प्रारम्भिक अनुसन्धानबाट नल बहादुर गुरुङले आफुले पैसा दिन बाकी रहेको र आफ्नो ब्यवहार बिग्रिदै जान थालेपछि नक्कली मनोज पुन बनी अन्य युवाहरुलाई समाहित गर्दै सामुहिक ढंगबाट रकम असुलीको योजना बनाएको वुझिएको कास्की प्रहरी प्रमुख सिंहले वताए ।

पक्राउ परेका चार जनालाई अपहरण तथा शारिरीक बन्धक उद्योगमा मुद्धा चलाइएको र पछि संगठित अपराध ऐन अनुसार कारबाही गर्न सकिने कास्की प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार