logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गापा अध्यक्ष र वडा अध्यक्ष पक्ष बिच टा’उको नै फु’ट्ने गरी झडप : तीन घाईते, एक चिन्ताजनक


  • राजनिती न्युज डेस्क
  • मंगलबार, कार्तिक ५ २०७६

पोखरा- सर्लाहीको विष्णु गाउँपालिकामा जनप्रतिनीधि विचको वि’वाद उग्र बन्दै गएको छ । विवा’दकै कारण गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्ष समूह विच झ’ड’प हुदाँ ३ जना जना घाईते भएका छन भने एक जनाको अवस्था चि’न्ता’जनक रहेको छ ।’

गाउपालिकाको वडा नं। ६ सिमरा स्थित गाँउपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्षसँग रुष्ट रहेका वडाध्यक्षहरुले आइतवार साझ ५ बजे ताला लगाएका थिए । वडा अध्यक्षहरुले लगाएको ताला खुलाउने क्रममा सोमबार विहान ११ बजे दुई पक्षवीच झ’ड’प भएको थियो। घाईते हुनेमा सोही गाउँपालिका वडा नं। ६ का ४० वर्षिय राजकिशोर राय सोही गाउँपालिकाकै बारा बेल्बा बस्ने ४५ वर्षिय अरबिन्द कुमार सिंह र २२ वर्षिय आदित्य यादव रहेका छन् ।

अरबिन्दको टा’उको गहिरो चो’ट लागेकोले मलंगवा अस्पताल सर्लाहीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि काठमांडौं रेफर गरिएको मलंगवा अस्पताल सर्लाहीले जनाएको छ । अन्य दुई जनालाई सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ ।घटना स्थलमा अप्रिय घटना हुन नदिन ठुलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचाल गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव निरीक्षक प्रतीतसिंह राठोरले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरुले विगतमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आफ्ना असन्तुष्टी बाहिर ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार