logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

लमजुङ जादै गरेको बस तनहुँ नेपालडाँडामा दुर्घटना, सह चालकको मृ’त्यु


  • आश तमु
  • मंगलबार, कार्तिक ५ २०७६

पोखरा- मंगलबार तनहुँको भानु नगरपालिका–१०, नेपालडाँडामा  बस दुर्घटना हुँदा एकजनाको ज्या’न गएको छ ।

तनहुँको चोक चिसापानीबाट लमजुङतर्फ आउँदै गरेको ना ३ ख ९७६८ नम्बरको बस सडकबाट झण्डै ५० मिटर तल खस्दा बसका सहचालक भानु नगरपालिका–६, तनहुँका २१ वर्षका अनिल धमेलको मृ’त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, दमौली’ले जानकारी दिनुभयो ।

सहचालकले बस चलाउँदा दुर्घ,टना भएको हो । बस दुर्घटना हुँदा बसमा रहेका भानु नगरपालिका–१०, की १६ वर्षीया रोशनी श्रेष्ठ र त्यसै ठाउँकी १५ वर्षीया समीक्षा श्रेष्ठ घाइते भएको र उनीहरुको स्थानीय तुरतुरे पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार