logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बेलुका ९ बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध


  • राजनिती न्युज डेस्क
  • बुधबार, कार्तिक ६ २०७६

पर्वत – बेलुका ९ बजेपछि देउसी भैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन जिल्ला प्रशासन कार्यालय पर्वतले प्रतिबन्ध लगाएको छ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालसहित सरोकारवालाहरूको छलफलपछि तिहार विशेष सुरक्षा सतर्कताका लागि यस्तो निर्णय गरिएको बताएका छन ।

दीपावलीको उत्सव मनाउन पटका पड्काउन नपाइने भएकोले पटका पड्काएको, ओसारपसार गरेको वा बिक्री वितरण गरिरहेको पाएमा समेत कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पनि जिल्लामा पटका भित्रिन तथा बिक्री वितरण हुन नदिनको लागि प्रहरीले उच्च निगरानी गरिरहेको बताए। प्रहरी र प्रशासनले नागरिकको सुरक्षाको लागि बनाएका नियम वा निर्देशन उल्लघंन गरेको पाइएमा त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा चलाइने उनको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार