logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

कास्की ट्राफिक प्रहरीलाई मास्क तथा चस्मा हस्तानतरण


  • आश तमु
  • बुधबार, कार्तिक ६ २०७६

पोखर- लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डस् पोखराले कास्की स्थित खटिने ट्राफिक प्रहरी कर्मचारीहरुका लागि अत्यावश्यक मास्क र चस्मा हस्तानतरण गरेका छन ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा एक कार्यक्रमको आयोजना गरी  प्रहरी कर्मचारीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अहोरात्र सडकमा तल्लिन रहने ट्राफिक प्रहरीलाई सेवा प्रवाहमा सहजता साथै स्वास्थमा कुनै प्रतिकुल असर नपुगोस भन्ने हेतुले उक्त संस्थाले मास्क र चस्मा हस्तानतरण गरेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के।सी। र लायन्स क्लबका प्रतिनिधिले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई मास्क र चस्मा हस्तानतरण गर्नुका साथै कार्यक्रममा सहभागी ट्राफिक प्रहरी कर्मचारीहरुलाई सोही अवसरमा नै मास्क तथा चस्मा हस्तानतरण गरिएको थियो ।

सोही कार्यक्रम कै अवसरमा समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत एक छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न भएको छ । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले कास्कीको शान्ति सुरक्षाको अवस्था, अपराधिक अवस्था, ट्राफिक व्यवस्थापन, प्रहरी व्यवहार, समाजका विकृती विसंगती न्यूनिकरणमा गर्नुपर्ने कामहरु लगयातका विषयमा जिज्ञासा एंव गुनासोहरु राख्नुभएको थियो ।

आम नागरिकबाट उठेका जिज्ञाशाहरुलाई कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के।सी। साथै जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले सम्बोधन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार