logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

हिउँपहिरोको ढिस्कोले पुरिएर अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा पस्र्याङका खनालको मृत्यु


  • आश तमु
  • बुधबार, कार्तिक ६ २०७६

पोखरा- कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बगरमा हिउँपहिरोको ढिस्कोले पुरिएर अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको मृत्यु भएको छ । खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

खनाल सङ्गै पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्याम्प घुम्न पुगेका थिए । खनाल सङ्ग गएका बाँकी २ जना घाईते छन् । घाईते भएका पस्र्याङका सन्तोष बास्तोला र फूलबारीका निर्जन कोइरालाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा पसेर फोटो खिच्न लाग्दा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन ।

घाईतेको हेलिकोेप्टरबाट उद्धार गरिएको हो । मौसमको खरावीका कारण शव ल्याउन नसकिएको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार