पोखरा- प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । गएराति १२ बजे थोकरलाई उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।
३२ वर्षीया थोकर हालै मात्र विप्लव नेकपाको काभ्रेपलाञ्चोक सक्रेटरी भएको जनाइएको छ ।