पोखरा- बुधबार प्रहरीले म्याग्दीको सदरमुकाम बेनी बजारको सङ्गमचोकमा एक बे’वारिसे बालकको उद्दार गरेको छ।
करीब चार बर्षीय बालक रुँदै गरेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन।
न्यूरोडदेखि सङ्गमचोक आउने खानेपानी तथा सरसफाइ कार्यालयको गल्लीमा भेटिएका बालकका आफन्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
थकित मुद्रामा रहेको बालक बोल्ने भए पनि आफ्नो अभिभावकको परिचय बताउन अस्वीकार गरेपछि पहिचानमा समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रकी प्रहरी सहायक निरीक्षक सुशीला थापाले जानकारी दिए।