logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महरालाइ रगतको नमुना दिन अदालतको आदेश


  • पत्रपत्रिका
  • शुक्रबार, कार्तिक ८ २०७६

महिलामाथि यौ’न दुव्र्य’वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई डिएनए परीक्षणका लागि रगत दिन काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबारदेखि लागू हुनेगरी ७ दिन अनुसन्धानको समय थप्दै परीक्षणका लागि रगत दिन आदेश दिएको हो ।

प्रहरी अनुसन्धान अधिकृतको डिएनए परीक्षण नगरी आ’रोपबारे अनुसन्धान गर्न नसकिने भन्दै आदेशको माग गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार