logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

पोखराको गोरखा एण्ड बराह ज्वेलर्समा काम गर्ने कामदार ३३ तोला सुन लिएर फरार


  • आश तमु
  • शुक्रबार, कार्तिक ८ २०७६

पोखरा- पोखराको गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने कामदार ३३ तोला सुन लिएर फरार भएका छन्। गोरखा एण्ड बराह ज्वेलर्स ईण्डष्ट्रिज प्रालिमा काम गर्ने रञ्जन राजवंशी फरार रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

भारत कलकत्ता घर भई हाल कास्की पोखरा न्यूरोड बस्दै आएका करिब ३६ वर्षीय राजवंशी हिजो बिहान पौउने ११ बजे देखि फरार भएका हुन्।

पोखरा महानगरपालिका- ८ सिर्जनाचोक स्थित गहना बनाउने ठाँउमा लिएर गएदेखि फरार रहेका हुन् । उनको खोजि तीव्र पारिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार