logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

पक्राउ परेका र्‍यापर घिसिङ (भिटेन) विरुद्ध यस्तो मुद्दा दायर


  • रासस
  • शुक्रबार, कार्तिक ८ २०७६

पोखरा- ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अ’श्ली’ल शब्दको प्रयोग गरी ला’गुऔ’षध गाँ’जा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले आज र्‍यापर समीर लामा, घिसिङलाई पक्राउ गरेको छ ।

चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनले प्रहरीको युनिफर्म लगाई ला’गुऔ’षध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको पाइएको छ । घिसिङविरुद्ध ललितपुर प्रहरीले सा’र्वजनिक हित तथा नैति’कतावि’रुद्धको अपराधमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए ।

कसुर पुष्टि भए एक वर्ष कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दुई दिन अघि मात्रै उच्छृ’ङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेस थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो ।

गृह मन्त्रालयले उच्छृ’ङ्खल र समाजलाई भ’ड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारवाही गर्ने विज्ञप्तिमार्फत सूचना जारी गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार