पोखरा- तिहार पर्वको अवसरमा खेलिने देउसी भैलो जिल्ला प्रशासन कार्यालय कास्कीले राति १० बजेपछि नखेल्न आव्हान गरेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले शान्ति सुरक्षालाई मध्य नजर गर्दै राति १० बजेसम्मको लागि मात्र देउसी,भैलो खेल्न आव्हान गरेका हुन।
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले दशैं जस्तै तिहारमा पनि प्रहरीको विषेश टोली ठाउँ ठाउँमा खटिने हुँदा कानुनले बन्देज गरेका कुनै पनि क्रियाकलाप नगर्न चेतावनी दिएका छन्।