राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी सेतिमहाकाली ब्यूरोले एक बिज्ञप्ती जारी गर्दै कैलाली जिल्ला अध्यक्ष पदम काफ्लेलाइ निलम्बन गरेको जनाएको छ । वर्तमान सत्ता सग आत्मसमर्पण गरेको भन्दै क्रान्तिकारीका ब्युरो ईन्चार्ज बिरेन्द्र शाहले बिज्ञप्ती मार्फत कार्वाही गरेको जनाएका छन ।
वर्तमान सत्तालाइ नक्कली भन्दै कम्युनिस्टको खोल, सत्ता ,सरकार र बन्दुकको आडमा केपि, पुष्पकमल, बादल कम्पनीको लुटपाट र आतंक चलिरहेको समेत बताएका छ्न । बिज्ञप्तीमा मानवअधिकारको चिरहरण भएको र विद्यार्थीहरु स्वतन्त्रता पुर्वक बोल्न , पढन र लेख्न पाउने मौलिकहक लाई समेत खोसेको आरोप समेत लगाएका छन । उनले केपि बादल पन्चायत कालका सामन्ती , कुकर्मी र अधर्मी जस्तै नयाँ रूपमा देखिएका बताएकाछन ।
शाहको बिज्ञप्तीमा वर्तमान सत्ताका विरुद्धमा अविचलित भई कठिन संघर्षमा अगाडी बढीरहने समेत बताएकाछन ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) सेतिमहाकाली क्षेत्रीय समन्वय समिती
मिति: ०७६-०७-०८
विषय : प्रेस विज्ञप्ति
अहिले देशमा कथित कम्युनिस्टको खोल, सत्ता ,सरकार र बन्दुकको आडमा केपि, पुष्पकमल, बादल कम्पनीको लुटपाट र आतंक चलिरहेको छ । मानवअधिकारको चिरहरण भएको छ र विद्यार्थीहरु स्वतन्त्रता पुर्वक बोल्न , पढन र लेख्न पाउने मौलिकहक लाई समेत खोसेर केपि बादल पन्चायत कालका सामन्ती , कुकर्मी र अधर्मी जस्तै नयाँ रूपमा देखिएका छ्न । जसका विरुद्धमा हामी अविचलित भई कठिन संघर्षमा अगाडी बढीरहेका छौ ।
यसै सन्दर्भमा मिति ०७६ असोज ०७ गतेका दिन अखिल(क्रान्तिकारी) कैलालीका अध्यक्ष पदम काफ्ले लाई गिरफ्तार गरिएको थियो पछि जिल्ला अदालत कैलाली बाट ९० हजार धरौटीमा तोकेर कारागार चलान गरिएको थियो। कानुनी संघर्ष र जेल मोर्चामा संघर्ष गर्नुको साटो सङ्गठनको नीति विपरीत जेल बाट मुक्त हुन पदम काफ्ले द्वारा जनतामारा दलाल राज्यको प्रशासन र प्रहरी समक्ष आफू स्वतन्त्र हुने निवेदन सहित आत्मसमर्पण गरेर रिहा भएकोले सङ्गठनको कैलाली जिल्ला अध्यक्ष र सम्पूर्ण जिम्मेवारी बाट अनिश्चित कालका लागि पदम काफ्ले लाई निलम्बन गरिएको जानकारी यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं । साथै सङ्गठनका सम्पुर्ण कमरेडहरु लाई भ्रममा नपरि आन्दोलनको मोर्चामा शसक्त रुपमा डटिरहन विशेष अनुरोध गर्दछौं।
क्रान्तिकारी अभिवादन सहित !
विरेन्द्र शाह
संयोजक