logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले खु’लाए मद’न भ’ण्डारीको ह’त्याको खुलासा


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, कार्तिक ८ २०७६

पोखरा – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मद’न भ’ण्डारीको ह’त्या भएको बताएका छन्। शुक्रबार नेकपा मोरङले गरेको सांस्कृतिक चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले क’म्युनिस्ट एकताको कुरा गर्दागर्दै म’दनको ह’त्या भएको खुलासा गरेका हुन्।अन्नपुर्णपोष्टबाट साभार

‘२०४६ सालपछि एमाले र एकता केन्द्रलाई मिलाउनुपर्छ भन्नेकुरा मसँग थियो र मित्र म’दन भ’ण्डारीसँग पनि थियो। हामीले एमाले र एकता केन्द्र मिलाउन सकिन्छ कि सकिदैन भनेर एकपल्ट एजेन्डामै बसेर छलफल गर्ने निधो गर्यौँ। कार्यक्रम पनि तय भयो। खानेकुराको लिस्ट पनि बनाइयो। ती मान्छे अहिले पनि जीवित छन् ललितपुरमा। तर, दुर्भाग्य त्यो भन्दा अगाडि नै म’दन भ’ण्डारीको अ’व’शान भयो। उहाँको ह’त्या भयो।’ त्यो दिन आउँदै आएन’, प्रचण्डले इतिहासको त्यो घडी सम्झदै भने, ‘त्यो दिन आएको भए के हुन्थ्यो होला भनेर मैले सोच्छु। त्यो दिन आएको भए म’दन भ’ण्डारी पनि सिर्जनशील ढंगले सोच्ने म पनि नयाँ ढंगले सोच्ने भएकाले मिल्न सक्थ्यौँ।’

प्रचण्डले त्यो एकता भएको भए लेनिनले भनेजस्तै इतिहासलाई ५० वर्ष अगाडि बढाउन सकिने कुरा उल्लेख गरे। ‘ले’निनले भन्नु भएको छ, ‘नेताले सही समयमा सही निर्णय लिए भने इतिहास सय–५० वर्ष अगाडि ल्याउन सक्छान्। नेताले गलत निर्णय लिए भने सय वर्ष पहिला हुने काम सय वर्ष पछि पनि जान्छ।’ यो उहाँले धेरै अनुभवबाट भन्नु भएको हो’, प्रचण्डले भने, ‘आज लाग्छ उहाँ (म’दन)सँग एकताका लागि वार्ता भएको भए टुंगोमा पुग्थ्यो।’

उनले सबैलाई आफूलाई म’दन भ’ण्डारीसँग दाँजेर हेर्नसमेत आग्रह गरेका छन्। ‘म’दन भण्डा’रीको विकासको संयोग र प्रचण्डको विकासको संयोगमा के समानता थियो के थिएन भन्ने बारेमा तपाईंहरुले विचार गरिदिनुहोला’, प्रचण्डले थपे, ‘त्यसो भएमा म’दन भ’ण्डारीलाई बुझ्न पनि प्रचण्डलाई बुझ्न पनि र अहिलेका नेता केपी ओली र अन्य नेतालाई बुझ्न पनि सजिलो हुन्छ भनेर सबै क’मरेडलाई भन्न चाहन्छु।’

प्रचण्डले अहिले नेकपाको एकता विचार मिलेर भएको प्रष्ट पारे। ‘यो एकता विचार नमिलेर भएको होइन विचार मिलेर भएको हो। एमालेको नवौँ महाधिवेशनको लाइन, मा’ओवा’दीको हेटौँडा महाधिवेशन र पछि एकता अधिवेशनको डकुमेन्टका आधारमा एकता भएको हो’, प्रचण्डले भने, ‘एउटाले सं’घर्षमा जानुपर्छ भनेको भए र अर्कोले शान्तिमा जानुपर्छ भनेको भए पनि अलग हुन्थ्यो। विचारको एकताको कारण नै यो एकता सम्भव भएको हो।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार