logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

विद्यार्थी आन्दोलनमाथि धरपकडको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक चन्दले गरे विरोध


  • राजनीति
  • शुक्रबार, कार्तिक ८ २०७६

पोखरा- चितवन मेडिकल कलेज र काठमाडौं विश्वविद्यालयले विद्यार्थी आन्दोलनमाथि भएको धर’पक’डको चिकित्सा शिक्षा संघर्ष समितिले विरोध गरेका छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्द र काठमाडौं विश्वविद्यालयका नरेश भट्टले विज्ञप्ति जारी गर्दै कुटपिटको विरोध गरेका हुन् ।

विद्यार्थी कु’टपि’टपछि काठमाडौं आएर पत्रकार सम्मेलन गर्दै जारी विज्ञप्ति अनुसार कात्तिक ७ गते नेशनल मेडिकल कलेज वीरगञ्जमा विद्यार्थीले गरेको शान्तिपूर्ण संघर्षमा कलेजका सञ्चालक बसरुद्दीन अन्सारीको नेतृत्वमा ध’रक’पड भएको थियो ।

रातिको समयमा प्रदर्शनमा सहभागी विद्यार्थीमाथि स्थानीय गुण्डा र विद्यार्थीले कु’टपि’ट गरेको संघर्ष समितिद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वविद्यालयले तोकेको शुल्कभन्दा बढी शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थीले आन्दोलन गरेको विज्ञप्तिमा उल्लेख छ ।

संघर्ष समितिले कलेजमा अध्ययनरत विद्यार्थीको मानवअधिकार सुनिश्चित गरी जनधनको रक्षा गर्न सरकार र मानव अधिकारकर्मीलाई विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार