logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

शनी बिश्वकर्मा पहिलाे लाेकस्टार बिजेता घाेषित


  • राजनीति
  • शुक्रबार, कार्तिक ८ २०७६

राेल्पाका सनि बिश्वकर्मा आइएमइ लाेकस्टारकाे बिजेता बन्न सफल भएका छन् । आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका हुन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।

त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।

पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार