पोखरा – सप्तरीको तिलाठी गाउँपालिका–१ स्थित खाडो खोलामा हिजो शनिबार अजिङ्गर फेला परेको छ ।
अन्दाजी सात फिट लामो र १२ किलो तौल भएको उक्त अजिङ्गरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
अजिङ्गरलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।
अजिङ्गरलाई आइतबार जङ्गलमा छाडिने बताइएको छ ।