logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

काठमाडौको चोकमा आदेश देउ ‘विप्लव’ दाइ…नेकपाको देशभर मसाल जुलुस


  • राजनीति
  • शुक्रबार, कार्तिक १५ २०७६

सरकारले प्रतिबन्धित गरेको नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले केन्द्रिय नेता तथा पश्चिम कमान्ड इन्चार्ज चन्द्र बहादुर चन्द बीरजङ्ग लगायतको गिरफ्तारीको विरोधमा आज मुलुकभर मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टीले शुक्रबार साँझ काठमाडौंको सोह्रखुट्टे, गोङ्गबु चोक, भक्तपुर, ललितपुर, झापा, जनकपुर, चितवन, नवलपसारी, बुटवल, दाङ, बाँके, कैलाली, कञ्चनपुर, अछामलगायत देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । असोज ३० गते गिरफ्तार भएका पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’, केन्द्रीय सदस्य सुवाससहित २१ जना र अन्य नेता–कार्यकर्ताको गिरफ्तारीको विरोधमा उक्त कार्यक्रम गरेको नेकपाले जनाएको छ । एकीकृतका जनक्रान्ती जिन्दावाद, दलाल सत्ता मुर्दावाद र आदेश देउ विप्लव दाइ बदला लिन तयार छौ जस्ता नारा लागेका थिए ।

देशका सबै जिल्लाहरूमा अहिले साझ मसाल जुलुस निकालेको नेकपाले जनाएको छ । सरकारी सुरक्षालाइ चुनौती छिचोल्दै नेकपाले राजधानीका चोकहरुमा समेत प्रदर्सन गरेको बताएको छ ।
सरकारले राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाएपछि नेकपाका नेता कार्यकर्ता गिरफ्तारी र धरपकडलाइ बढी जोड दिएको छ ।
सरकारले चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आराधिक समुहको रुपमा परिभाषित गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यसपछी नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमान्ड इन्चार्ज सहित १००० को हाराहारीमा नेता कार्यकर्ता जेल र हिरासतमा रहेकाछन  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार