logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रा.डा भगवान कोइराला मेडिकल काउन्सिलको अध्यक्ष


  • राजनीति
  • आइतबार, कार्तिक १७ २०७६

आज बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गर्न निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार बसेको बैठकपछि एक मन्त्रीले कोइराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

करिब डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था बारे पनि जानकारी गराएका थिए । त्यसैगरी बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल आउने बारेमा प्रधानमन्त्रीले मन्त्रीपरिषदलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीकाे धापासीस्थित ग्रान्डी अस्पतालमा डायलासिस भएपछि पहिलो मन्त्रीपरिषद बैठक बसेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार