logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

राष्ट्रपतिका निजि चिकित्सक बास्कोटा बने त्रिभुवन विश्वबिधालयका उपकुलपति


  • राजनीति
  • आइतबार, कार्तिक १७ २०७६

मुलुककै जेठो बिश्वबिधालय  त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन्।

उनलाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी ओलीले आइतबार उपकुलपति नियुक्त गरेका हुन्।

त्रिवि गत भदौ पहिलो सातादेखि उपकुलपति रिक्त थियो। उपकुलपति सिफारिस गर्न गठन गरिएको सर्च कमिटीले बाँस्कोटासहित तीन जनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो। बाँस्कोटा नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष हुन्।

प्रधानमन्त्री कार्यालयका अनुसार बाँस्कोटाले भ्याएमा आजै र आज नभ्याएमा सोमबार जिम्मेवारी निर्वाह गर्नेछन्। उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ। प्रा.डा. बाँस्कोटा नाक, कान, घाँटी विशेषज्ञ हुन्।

बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए। उनी राष्ट्रपतिका निजी चिकित्सक पनि हुन्।

प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

बाँस्कोटा यसअघि मेडिकल काउन्सिलको अध्यक्ष भइसकेका थिए। उनी राष्ट्रपतिका निजी चिकित्सक पनि हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार