logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कचराले दलाल पार्टी सग नेकपाकै हैसियतमा बार्गेनिङ नगर्न युवाको चेतावनी


  • राजनीति
  • सोमबार, कार्तिक १८ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन धौलागिरी ब्यूरोले एक बिज्ञप्ती जारी गर्दै पहिला नै निस्कासनमा परेका कचराहरुलाइ नेकपाको हैसियतमा अन्य पार्टी सग बार्गेनिङ नगर्न चेतावनी दिएको छ ।

बाग्लुङको एक कार्यक्रममा अमित घर्तीले विप्लवको युवा संगठनक त्यागेर सरकारी नेकपामा प्रवेश गरेको समाचार आए पछि धौलागिरी ब्युरो इन्चार्ज भाष्करले बिज्ञप्ती मार्फत प्रश्ट पारेका हुन । भाष्करले अमित लाइ युवा सगठनको केन्द्रिय समिति  बाट पहिला नै  निकालिसकिएको भन्दै उनिहरु पार्टी संगठनको कुनै भुमिकामा नरहेको जानाकारी दिएको छ ।

विज्ञप्ती जस्ताको तस्तै

प्रेस विज्ञप्ति
अादरणिय श्रमजीवी तथा न्याय प्रेमि जनसमुदाय

हाम्रो पार्टीको नेर्तित्वमा राष्ट्रियता ,जनतन्त्र जनजिविकाको पक्षमा बैज्ञानिक समाजबादि क्राति निरन्तर अगाडि बढिरहेको छ।यो भिसण र पेचिलो संघर्ष पुजिपति वर्ग र सर्वहारा वर्गको बिचको दुई विश्वदृष्टिकोणको लडाइँ हो ।यो लडाइँमा सामाजिक फासिबादि अ‍ोलि प्रचण्ड मण्डलिको सरकारले दमनका सबै हर्कत गरेको तपाईंहरूलाई जगजाहेर छ। क्रान्ति को कठिन तर महान प्रक्रियामा टिक्न नसके का कैयौं कचराहरु पलायन हुनु अनिवार्य नियम हो ।र हाम्रो पार्टी र संगठन क‍ो हकमा पनि त्यतिकै सत्य हो। अाज विभिन्न सामाजिक संजालमा  हाम्रो युवा संगठन  नेपालका पुर्व केन्द्रीय सदस्य सुमित घर्ती नेपाली जनता बाट बैस्कृत भएको अनि यौन काण्ड, बालुवाटार जग्गा काण्ड, सुन काण्ड, वाइड वडि काण्ड ,होलि वाइन काण्ड ncllकाण्ड , भ्रष्टाचार काण्डमा मुछिएका र बिदेशी दलाल का एजेन्ड अनि गुण्डाहरु मिलेर बनेको कथित कम्युनिस्ट नामक पार्टीमा गएको भन्ने कुरा अाएको रहेछ ।सुमित घर्ती को बारेमा भन्ने हो भने उनी बिगत केही समय देखि संगठनले दिएको जिम्मेवारी राम्रोसँग निभाउनु को सट्टा विभिन्न बाहाना बनाएर पार्टी संगठनलाई ठग्ने छल्ने गरेको थिए संगठनले थुप्रैपटक उनलाई यस्तो नगर्न शुझाव दिदा र रुपान्तरण र उपचारको बाटो अपनाउदा  पनि नभए पछि उनलाई संगठनले विगत केही समय अगाडि बसेको संगठनको केन्द्रीय समितिको दोस्रो बैठक बाट निस्कासन गरिसकेको थियोे त्यसैले अहिले सामाजिक संजाल मा जुन हाम्रो संगठनको केन्द्रीय सदस्य  भनेर हल्ला अाएको छ त्यो सत्य होइन।यस्ता हल्ला का पछि नलाग्न सबैमा जानकारी गराछु क्रान्ति को दौरानमा अझ यस्ता कचराहरुलाई हावाहुरीले फोहोरको डंगुरमा थुपारिदिन्छ सुमित घर्ती को हकमा पनि यही भएको हो यसले क्रान्तिकारी पार्टीलाई घाटा होइन कि फाइदा गर्ने छ।
क्रान्तिकारी अभिवादन सहित

भाष्कर मल्ल

धौलागिरी ब्युरो इञ्चार्ज
युवा संगठन नेपाल

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार