पोखरा -एचबि प्रोडक्सनले आयोजना गरेको मिस कलेज पोखरा २०१९ को उपाधि पोखरा लामाचौरकी एलिना श्रेष्ठले जितेकी छन् । उनले तीनवटा सवटाइटल पनि जितिन् । श्रेष्ठ केफ मावीमा अध्ययनरत छिन।
पोखरा उद्योग वाणिज्य संघको हलमा भएको फाइनल प्रतिष्पर्धामा फस्टरर्नसअप गुरुकुल विद्याश्रमकी सिम्रन वानिया र सेकेन्ड रर्नसअप पोखरा युनाइटेड एकेडेमीकी रोजिना विश्वकर्मा बन्न सफल भए ।
भिवर च्वाइसको पुरस्कार करिना परियार तथा अर्गनाइजर च्वाइसको पुरस्कार सिर्जना केसीले लय ।