logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

म्याग्दीको मालिका बिमामा बस दुर्घटना चारको मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • सोमबार, कार्तिक १८ २०७६

पोखरा – म्याग्दीको मालिका गाउँपालिका–७ बिमामा बस दुर्घटना हुँदा चार जनाको मृ’त्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् ।

दरबाङबाट यात्रु लिएर गएको ग१ख ४४७६ नं को बस बिमाको घुम्तीमा दुर्घटना भएको हो । मृ’त्यु हुनेमा रवी जुग्जाली र आयुषा जुग्जाली छन् । दुई जनाको सनाखत हुन नसकेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले जानकारी दिए । घाइतेलाई प्राथमिक उपचार केन्द्र लगिएको छ ।

घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार प्रहरी र स्थानीयवासी घाइतेको उद्धारमा जुटेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार