logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

रोम बहादुर भण्डारी राप्रपाबाट कास्की २ को उपनिर्वाचनमा


  • राजनिती न्युज डेस्क
  • सोमबार, कार्तिक १८ २०७६

पोखरा- राप्रपाले केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा उम्मेदवार घोशणा गरेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले निर्णय गरेको हो।

यसैसगरी बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त स्थानमा हुने उपनिर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गर्न पार्टीको वरिष्ठ नेतृत्व तहको नेतृत्वमा जुलुस सहित निर्वाचन कार्यालय जाने कार्यक्रम तय गरेको छ । जस अनुसार अध्यक्ष कमल थापा प्रतिनिधिसभा अन्तर्गत कास्कीको क्षेत्र नं। २ मा सहभागि हुनुहुनेछ ।

रिक्त स्थानीय तह अन्तर्गत नगरपालिकाको मेयरउपमेयर पदको उम्मेद्वार छनोट गर्न सम्बन्धित प्रदेश कार्य समितिलाई र नगरपालिकाको वडा अध्यक्ष, गाउँपालिकाको अध्यक्षउपाध्यक्ष र वडा अध्यक्षको उम्मेद्वार छनोट गर्न सम्बन्धित जिल्ला कार्य समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार