logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने अविरल पक्राउ,अन्यको खोजी


  • राजनीति
  • सोमबार, कार्तिक १८ २०७६

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो अभियोगमा भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका हुन् ।

प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको छ । अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार