logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

बझाङमा शुरुङमा फसेका ४ जना मजदुर मृ’त अवस्थामा फेला


  • राजनिती न्युज डेस्क
  • सोमबार, कार्तिक १८ २०७६

पोखरा-बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृ’त अवस्थामा फेला परेका छन् ।

काठमाडौंबाट गएको नेपाली सेनाको उद्दार टोलीले शुरुङ भित्र फसेका ४ जनालाई मृ’त अवस्थामा फेला पारेको हो ।

शुरुङ परी मृ’त्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बुझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार ४ जना मजदुरहरु शुरुङको १३ सय मिटर भित्री क्षेत्रमा मृ’त फेला परेका हुन् ।

शुरुङ भित्र खसेको माटोमा पुरिएको अवस्थामा मृ’त’कहरु फेला परेका डिएसपी बमले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार