पोखरा- प्रतिनिधीसभाकी सांसद शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी गएराती दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानमा दु’र्घ’टनामा परेको छ ।
बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा दुर्घ’टना भएको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
रातको १२ बजेर ४५ मिनेट जाँदा गाडी दुर्घ’टना भएपछि त्यसका चालक रतनलाल चौधरी जानकारी गराउन आफै प्रहरी कार्यालयमा आएको र उनलाई नियन्त्रणमा राखिएको डिएसपी शाहले बताए ।
स्थानीयका अनुसार गाडी सडकदेखि करिव १ सय ५० मिटर तल खसेको छ । दुर्घटनामा कुनै मा’नविय क्ष’ति भने भएको छैन ।