logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना,शर्मा र चालक दुबै जना सकुशल


  • राजनीति
  • शनिबार, माघ २० २०७४

काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी ललितपुरको पुल्चोकमा दुर्घटना भएको छ । तर त्यो गाडीमा शर्मा भने थिएनन् । शर्माको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए ।

‘आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना भएको हो,’ प्रहरी स्रोतले भन्यो ।

पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् । एउटा गाडीमा जनार्दन आफै चढ्छन् भने खैरो रंगको स्यान्ट्रो गाडी परिवारका अरु सदस्यको लागि प्रयोग हुन्छ ।शुक्रबार बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार पुल्चोक पुल नजिकै पल्टिएको हो । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा सामान्य क्षति पुगेको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार