logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लव नेकपा परित्याग गरेका सोनाम फेरी पोखरामा बिस्फोटक पदार्थ पड्काएको आंशङ्कमा प्रकाउ


  • आश तमु
  • शुक्रबार, कार्तिक २२ २०७६

पोखरा – केही समयअघि मात्रै विप्लव नेकपा पार्टी परित्याग गरेको घोषणा गरेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन गण्डक ब्यूरो सदस्य विनोद सोनामलाई आसन्न उपनिर्वाचन कार्यक्रमलाई प्रभावित हुने गतिविधिमा संलग्न भएको आरोपमा कास्की प्रहरीले पक्राउ गरेका छन् ।स्याङ्जा घर भएका उनलाई प्रहरीले गएराति पोखरा १६ दीप जोगमणिमार्गस्थित डेराकोठाबाट नियन्त्रणमा लिएको थियो ।

पोखराको पर्यटन बसपार्क क्षेत्रभित्र मंसिर १४ गते कास्की २ को प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन कार्यक्रमका लागि बिहीबार मनोनयनदर्ताको समय चलिरहँदा ठूलो आवाजमा बिस्फोटक पदार्थ पड्किएको थियो ।

उक्त घटनामा संलग्न रहेको आंशकामा अनुसन्धानका लागि सोनामलाई हिरासतमा लिएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले बताएका छन ।

सोनाम केही समयअघि मात्रै विप्लव समूह परित्याग गरेको घोषणा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार