logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अनशन शुरु गरेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि अस्पताल भर्ना


  • रासस
  • शनिबार, कार्तिक २३ २०७६

पोखरा- चिकित्सा शिक्षा सुधारका अभियन्ताडा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

सोमबारदेखि डडेल्धुरामा १७औँ चरणको अनशन शुरु गरेका डा केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज साँझ डडेल्धुरा अस्पताल भर्ना गरिएको हो

डा केसीको रक्तचाप तलमाथि भइरहेकाले उनको सहमतिमा अस्पतालमा भर्ना गरिएको सो अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जीतेन्द्र कँडेलले जानकारी दिए। प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल र स्थानीय प्रसाशनको रोहबरमा डा केसीलाई अस्पताल भर्ना गरिएको डा कँडेलले बताए ।

चिसोका कारण डा केसीको स्वास्थ्यमा समस्या देखिएको उनका भाइ किशोरले बताए । डा केसीले अस्पतालबाटै अनशन जारी राख्ने उनले बताए । सात बुँदे माग राखी डा केसीले कात्तिक १८ देखि अनशन थालेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार