logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रान्तिकारको कार्यक्रममा ब्यापक धरपकड ४२ जना नेता कार्यकर्ता गिरफ्तार


  • राजनीति
  • आइतबार, कार्तिक २४ २०७६

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको बिरोध कार्यक्रममा प्रहरीले ब्यापक हस्तक्षेप गरेको छ्। आज भएको सिमा अतिक्रमण बिरोध र्यालीमा प्रहरीले हस्तक्षेप गरी केन्द्रिय नेताहरु सहित  देशभर बाट ४२  दर्जन नेता कार्यकर्ता गिरफ्तार भएकाछन । राष्ट्रियता माथी भारतीयले गरेको सिमा अतिक्रमणको विरुद्ध आज राजधानी लगायत देशै भरी बाट निकालिएको जुलुस बाट उनिहरुलाइ गिरफ्तार गरेको अखिल क्रान्तिकारी द्धारा जारी बिज्ञप्तीमा जनाएको छ ।

क्रान्तिकारी केन्द्रिय समिती द्धारा जारी बिज्ञप्तीमा नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष आलोक रायमाझी गिरफ्तारीको समेत भत्सर्ना गर्दै बिना सर्त रिहाएको माग गरेको छ ।

क्रान्तिकारीका अनुसार ,केन्द्रिय सदस्य सहित  ४२ जना  नेताकार्यकर्ताहरु गिरफ्तार गरेको बताएको छ ।

क्रान्तिकारीले सरकार जनता अगाडि अझ नाग्गियको भन्दै गिरफ्तारी प्रती खेद प्रकट गरेको छ ।

यो पनि पढ्नुहोस

भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

सरकार द्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको विरोधमा प्रदर्शन गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिले भारतको पछिल्लो कदमका विरुद्ध सदरमुकाम महेन्द्रनगरमा प्रदर्शन गरेको हो ।

अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै र्याली निकालेको थियो । कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा निकालिएका तीन वटै र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा महाकाली इन्चार्ज बिरेन्द्र शाहले नेतृत्व गरेको र्यालीमा राष्ट्रिययता सम्बन्धि चर्का नाराहरु लागेका थिए । कोणसभालाई अखिल क्रान्तिकारी केन्द्रीय सदस्य बबरजंग सिंह र कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले सम्बोधन गरेका थिए ।

भारत द्वारा सार्वजनिक गरिएको राजनीतिक नक्सा कालापानी ,लिम्पियाधुरा र लिपुलेक लाई समावेश गरिएको विरुद्धमा अखिल क्रान्तिकारी सेतिमहाकाली क्षेत्रीय समन्वय समिती द्वारा कंचनपुरको महेन्द्रनगरमा हजारौं विद्यार्थी सहित विरोध प्रदर्शन गरेको हो । उक्त प्रदर्शनमा सङ्गठनका केन्द्रीय सदस्य प्रकाश जप्रेल , शंकर महरा र कैलाली जिल्ला अध्यक्ष सुबास जोशी लगायत जिल्ला स्तरीय नेताकार्यकर्ता सहित हजारौं विद्यार्थी को सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार