logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

भानुमा परम्परागत काठको खोरमा फेरी अर्को एउटा चितुवा परे


  • राजनिती न्युज डेस्क
  • मंगलबार, कार्तिक २६ २०७६

तनहुँ-  भानुमा फेरी अर्को एउटा चितुवा परेको छ । भानु-१ जामुने गैह्रा स्थित सामुदायिक वनमा राखिएको परम्परागत काठको खोरमा हिजो राति ३ बजे एउटा चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए ।

उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाइएको प्रमुख बरालले जानकारी दिए । राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन बन कार्यालय तनहुँको संयुक्त टोलिले उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज लगिएको बरालले बताए ।

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

भानु नगरपालिकाको विभिन्न वडामा पटक–पटक चितुवाले आक्रमण गरी बालबलिकाको ज्या’न लिन थालेपछि केहि समय अघि त्यस क्षेत्रमा पुजापाठ समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार