logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

रौतहटमा प्रहरी चौकीमा बम प्रहार , एक प्रहरी घाइते


  • राजनीति
  • मंगलबार, कार्तिक २६ २०७६

प्रदेश न २ को रौतहटको एक प्रहरी चौकीमा ब’म प्रहार भएको छ । इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । प्रहरीका अनुसार विष्फोटमा एक प्रहरी जवान घाइते भएका छन् ।

विष्फोटबाट प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । उनी सेन्ट्रीमा बसेका थिए । विष्फोटमा संलग्न भएको आरोपमा भारत बिहारको ढाकाका २५ वर्षीय चन्दन कुमार पक्राउ परेका छन् । चन्दनसहित दुईजना बीआर ०५एच ६५०९ नम्बरको मोटरसाइकलमा चढेर आएको खुलेको छ ।

अन्य एकजना भने फरार छन् । उनीहरुले सुतली बम प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विष्फोटमा परी चरिरहेको एक बाख्रा पनि मरेको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन भएको छ ।

सान्केतिक तस्बिर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार