logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महोत्सवलाई भव्य बनाउने गठित उपसमितिहरुको प्रतिवद्धता


  • राजनिती न्युज डेस्क
  • बिहिबार, कार्तिक २८ २०७६

पोखरा- शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुल्ला चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा विशेष पहलकदमी गर्दै आएको युनाईटेड क्लवले गर्दैछ।

युनाईटेड क्लव पोखराको आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि गठन भएको विभिन्न उपसमितिका संयोजकहरुले महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउन आफुले पाएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका छन।

बुधवार समपन्न भएको बैठकले सो प्रतिवदता जनाएको हो।पुस २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा आओजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको हो ।

महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा महोत्सव सफल पार्न ४० वटा उपसमिति गठन गरिएको छ।

बैठकमा विगतका महोत्सवहरु भन्दा दशौ संस्करणको महोत्सवलाई फरक ढंगले सञ्चालन गरी भब्य र सभ्य बनाउनका लागी सम्पूर्ण उपसमितिहरुले आफ्नो जिम्मेवारीबोध हुने गरी काम गर्नुपर्नेमा महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले जोड दिए ।

पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सव पोखराको गौरवको महोत्सव भएकाले सवै पक्षलाई समेटेर महोत्सवलाई सभ्य र भब्य वनाउनतर्फ सम्पूर्ण कार्यसमिति तथा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु लाग्नुपर्नेमा जोड दिए ।

युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै हाल सम्म पोखराको पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा ५४ लाख ८५ हजार प्रदान गरिसकेको छ । प्रत्येक महोत्सवबाट क्लवले लिएको उद्देश्य शिक्षा, स्वास्थ्य र खेलकुदमा १५ प्रतिशत र चिडियाखानामा २० प्रतिशत रकम खर्चदै आएको छभने सेती नदीमा समेत सरसफाई संगै सिसि क्यामेरा जडान गरिसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार