logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

त्रिशूली नदीमा नुहाउने क्रममा १ बेपत्ता


  • रासस
  • शुक्रबार, कार्तिक २९ २०७६

पोखरा – इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा हिजो दिउँसो नुहाउने क्रममा नदीले गाएर १ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् । धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार