logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा नेपाल-भारत सीमा सुरक्षा बैठक बस्ने


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, कार्तिक २९ २०७६

पोखरा- नेपाल र भारतबीच सीमा विवाद चर्किएको बेला दुवै देशका अधिकारी सम्मिलित सीमा सुरक्षा बैठक मंसिर पहिलो साता बस्ने भएको छ । बैठक आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको छ ।

यद्यपि सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा भने छैन । ‘सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा बैठकमा छलफल हुन्छ, सीमा विवादको विषयमा भने छलफल गर्ने एजेण्डा अहिलेसम्म बनेको छैन ।’

सीमा विवाद फेरि एकपटक चर्किएको बेला बस्न लागेको सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी हुनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार