logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

तनहुँको जामुनेमा करेन्ट लागेर दुई जनाको मृत्यु


  • रासस
  • शुक्रबार, कार्तिक २९ २०७६

तनहुँ– करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा आज दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार