तनहुँ- जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृ’तावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चि’तुवाको डमरु मृ’तावस्थामा फेला परेको हो ।
अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चि’तुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।
पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृ’त्युको कारणबारे खुल्न नसकेको बरालले बताए । “भाले चितुवाकै आक्रमणबाट डमरुको मृ’त्यु भएको हुन सक्छ,” बरालले भने ।
जिल्लामा विगत केही वर्षदेखि चि’तुवाको आत’ङ्क छ । भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चि’तुवाको आक्र’मणबाट ६ जना बालबालिकाको मृ’त्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन् ।