logo बिहिबार, कार्तिक २७ २०८३ | Thursday 12th November 2026

मन्त्रीले घुस खाएर कर्मचारीको सरूवा बढुवा गर्ने गरेको माधव नेपालको खुलासा


  • राजनिती न्युज डेस्क
  • सोमबार, मंसिर २ २०७६

पोखरा- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरूले घुस लिएर कर्मचारीको सरूवा, बढुवा गर्ने गरेको आरोप लगाएका छन्।

नेता र मन्त्रीहरूले घुस लिएर कर्मचारी नियुक्ति, सरूवा र बढुवा गर्ने गरेकोले मुलुकको सबै क्षेत्र बिग्रेको उनले बताए।

‘कर्मचारी नियुक्तिमा घुस, सरूवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्,’ काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा नेता नेपालले भने, ‘यसै कारण मुलुकको सबै क्षेत्र बिग्रेको छ।’

स्थानीय तहमा करोडौं बजेटमाथि लुट मच्चाउने काम भइरहेको पनि उनले बताए।

‘कर्मचारीसँग मिलेर स्थानीय तहमा लुट मच्याइराखेका छन्, सरकारले उनीहरूमाथि कडा कारबाही गर्नुपर्छ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार