logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मरेको कुखुराको मासु खाँदा किशोरीको मृ’त्यु


  • रासस
  • मंगलबार, मंसिर ३ २०७६

पोखरा- मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृ,त्यु भएको छ । मृ’त्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–२ जरसौँका १५ वर्षीया पुष्पा पार्की रहेका छन् । मासु खाँदा एउटै परिवारका नौ जना बिरामी भएका छन् ।

शनिबार साँझ म,रेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापाखला लगायतका लक्षण देखिएको थियो ।

शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको आज घरमै मृ,त्यु भएको हो । मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गङ्गा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् ।

उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीका अहेव राधिका कुँवरले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार