राजनीति
वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्दै छन ।
वर्तमान मन्त्रिपरिषद्लाई थप प्रभावकारी रूपमा अघि बढाउन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा हेरफेर गर्न लागेका हुन ।
भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठ, मातृका यादव, थममाया थापा, गोकर्ण विष्ट, लालबाबु पण्डित मन्त्रिपरिषद्बाट बाहिरिने स्रोतले जनाएको छ ।
त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे मन्त्रिपरिषद्मा सामेल हुने पक्का भएको स्रोतको दाबी छ । घनश्याम भुषाल, देवेन्द्र पौडेल, जनार्धन शर्मा र प्रभु साहलाई मन्त्रिपरिषद्मा सामेल गर्न लागिएको जनाइएको छ ।
पूर्व विज्ञान तथा प्रविधि मन्त्री प्रभु साहलाई यस पटक पनि साेही मन्त्रालयकाे जिम्मेवारी दिन लागिएकाे स्राेतले बताएकाे छ ।