logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा ब्रिटेन नागरिक म्याथ्यु घाइते


  • आश तमु
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- पोखरामा बुधबार प्याराग्लाइडिङ दुर्घटना हुँदा एक बिदेशी नागरिक घाइते भएका छन् ।

करिव ५० बर्षका ब्रिटेन नागरिक म्याथ्यु फिड्डेस करिव १२: ४५ मा भएको दुर्घटनामा घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइते फिड्डेसको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ ।

ब्लुस्काई कम्पनी मार्फत पोखराको सराङकोटबाट सोलो उडान भर्ने क्रममा फिड्डेस दुर्घटनामा परेको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार