logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराको माउण्ट ग्लोरी रिसोर्टमा नेपाल भारत सीमा सुरक्षा बैठक


  • आश तमु
  • बुधबार, मंसिर ४ २०७६

पोखरा- बुधबार पोखरास्थित माउण्ट ग्लोरी रिसोर्टमा भएको नेपाल र भारतका अधिकारी सम्मिलित सीमा सुरक्षा समन्वय बैठकमा खुला सिमानामा मात्र केन्द्रित छलफल भएको छ।

सीमावर्ती क्षेत्रमा हुने अपराध, सूचना आदानप्रदानलगायतका विषयमा मात्रै छलफल केन्द्रित रहेको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकमा नेपालकातर्फबाट सशस्त्र प्रहरीका आईजी शैलेन्द्र खनालको नेतृत्वमा गृह, परराष्ट्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका पदाधिकारी सहभागी छन् भने भारतकातर्फबाट सीमा सुरक्षा बल (एसएसबी) का डिजीको नेतृत्वमा छजना सहभागी छन् ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक ०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक पोखराबाट सुरू भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार