logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखराका पत्रकार घिमिरे माथी झुट्ठा मुद्दा दायर,पत्रकार महासघ कास्कीको खेद


  • आश तमु
  • बुधबार, मंसिर ४ २०७६

आश तमु पोखरा- सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले पक्राउ गरेको दुई दिन बिति सक्दा पनि रिहाई गरेको छैन।

रिहा नगरे पछी पत्रकार महासंघ कास्कीले एक बिज्ञप्ती जारी गर्दै प्रहरीको रवैया प्रति र प्रेस स्वतन्त्रताको खिल्ली उडाएको भन्दै बिरोध गरेको छ। महासघ कास्कीका अध्यक्ष दिपेन्द्र थापाले विज्ञप्ती जाहेर गर्दै खेद जनाएको छ।बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थक रहेको भन्दै सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि पत्रकार राजकुमार घिमिरेलाई प्रहरीले मंसिर २ गते पोखराको बिरौटाबाट गिरफ्तार गरेको थियो।

पोखराको विरौटा चोकबाट उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको थियो । उनलाई अहिले वडा प्रहरी कार्यालय बैदाम पोखराको हिरासतमा सार्वजनिक मुद्दा लगाएर राखिएको छ।कास्की जिल्लाको रुपा गाउँपालिका सिद्द देउराली घर भएका पत्रकार घिमिरेलाई यसभन्दा अघि पनि असार ४ गते पोखराको पृथ्वीनारायण क्याम्पस गेट अघिबाट गिरफ्तार गरिएकोमा पत्रकार भएको पाइएपछि पांच घण्टापश्चात छाडिएको थियो। तर उनीसंगै गिरफ्तार भएका ने।क।पा।का युवा नेता संजिव कार्की ‘बुलेट’ अहिले पनि कास्की कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

यसैबीच, बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य एबम कास्की जिल्ला संयोजक रमाकान्त बास्तोलाले एक फेसबुक स्टाटस राख्दै पत्रकार घिमिरेलाई तुरुन्त रिहा गर्न माग गरेका छन्। उनले राज्यद्वारा प्रेसमाथी भईरहेको हस्तक्षेप बन्द गर्न पनि भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार