logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मातृकाले सरकार छोडे, सुरक्षाकर्मीले छोडेनन्


  • राजनीति
  • बिहिबार, मंसिर ५ २०७६

वर्तमान सरकारका निवर्तमान उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रीबाट विदाई भएको औपचारिक घोषणा हुनु अघिनै मातृका यादवले मन्त्री क्वाटर छाडेका छन् ।  यादव बुधबार अपरान्ह भक्तपुरको ठिमीस्थित चारदोबाटोमा सरेका हुन् । उनले सरकारले उपलव्ध गराएको गाडी समेत छाडेका छन् ।

मन्त्री क्वार्टर छाडेर चारदोबाटोमा बस्न थालेपनि सुरक्षाकर्मीले भने उनलाई सुरक्षा दिइरहेको जनाइएको छ । यादवले सुरक्षाकर्मीलाई समेत फिर्ता गर्न चाहेका थिए तर सेनाले माथिबाट निर्देशन नआएसम्म साथ छाड्न नमिल्ने भनेपछि सुरक्षाकमीहरु भने सँगै रहेको जनाइएको छ । यादवको प्रधानमन्त्री ओलीसँग पहिलादेखि टसल चलिरहेको थियो ।

प्रधानमन्त्री ओलीसँग टसल बढेपछि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने पहिलादेखि नै सरकार छाड्ने चेतावनी दिँदै आएका थिए तर प्रचण्डले उनलाई रोक्दै आएका थिए । बुधबार साँझ प्रधानमन्त्री ओलीले उनी लगायत केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार