राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपको भातृ संगठन अखिल क्रान्तिकारीले अभियान सुरु गरेको छ । त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय क्याम्पस र आङगीक कलेज लक्षित अभियानको उद्घाटन काठमाडौ मा रहेको अमृत साइन्स क्याम्पस बाट गरेको छ ।
क्याम्पसना उपस्थित बिद्यार्थी हरुलाइ केन्द्रिय अध्यक्ष पुर्ण बहादुर सिहले चक्लेट र फारम बितरण गरेर फरक शैली बाट अभियानको थालनी गरेको छ । राष्ट्रिय सम्मेलनको संघारमा प्रचारात्मक सागठनिक अभियान भएको भन्दै क्रान्तिकारीले १५ आङिगक र केन्द्रिय क्याम्पसका बिद्यार्थीहरु सग प्रत्यक्ष अंतरकृया र बहस गर्ने बताएको छ ।
बिद्यार्थी सगठन बिद्यार्थी भन्दा बाहिर गएको भन्दै क्रान्तिकारीले अभियान मार्फत बिद्यार्थीहरु पिर मर्कामा सहयोगी बन्ने घोषणा गरेको छ । क्रान्तिकारीका केन्द्रिय नेता लोकेश बिश्वकर्माको नेतृत्वमा संचालित अभियान फागुन १० गते सम्म चल्ने बताइएको छ ।