राजनीति
नेपाल कम्युनिस्ट पार्टीले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा २३ गते दिउँसो कालो झण्डा र ब्यानर सहित घर तोडफोड गरेका थिए । पदको दुरुपयोग गर्दै सरकारी ढुकुटीमा भ्रष्टाचार गरेको र गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको भन्दै सयौंको संख्यामा गएका कार्यकर्ताले तोडफोड गरेका थिए। काठमाडौको बुढानिलकण्ठमा रहेको उनको भब्य वगलामा नेकपाले नाराजुलुस सहित कालो झण्डा गाडेको थियो ।
त्यो समय उनी कहाँ के गर्दै थिए भन्ने चासो सबै तिर देखिएको छ । त्यो समय उनि घरमा थिए या थिएनन् भन्नेमा दुबिधा जस्तो देखिएको भएता पनि उनी केहि समय अगाडि मात्र मुलुक छोडेको खबर प्राप्त भएको छ । दिन घटना घटेको दिन उनको घरमा उनको भाइरहेको सूचना प्राप्त भएको छ ।