सरकारमा बस्ने नेता र सांसदहरुले मुलुकमा बस्ने नागरिकका लागि नीति नियम र कानुन निर्माण गर्नुपर्छ । सोही कानुन मुलुकमा बस्ने सबै नागरिकले पालना गर्ने हो । तर कानुन बनाउने मानिस नै कानुन उल्लंघन गर्ने तर्फ लाग्यो भने मुलुकको अवस्था के होला ? नेपालमा बेला बेलामा यस्ता घटना सुन्ने र देख्ने गरिन्छ ।
सांसद र मन्त्री सम्म गैरकानुनी काम गरेका कारण अहिले जेल र प्रहरी हिरसातमा छन् । नेपालमा जस्तै अन्य मुलुकमा पनि गैरकानुनी काम गर्ने जनप्रतिनिधिहरु छन् । त्यस्तै उदाहरण हालै बंगलादेशमा देखिएको छ । बंगलादेशीकी एक सांसदले आफ्नो सट्टामा परीक्षा दिन आठ जना नक्कली परीक्षार्थीको प्रयोग गरेको खुलासा भएको छ ।
मिडिया रिपोर्टका अनुसार सत्तारुढ दलकी सांसद तमन्ना नुसरतले स्नातकको परिक्षामा ८ जना नक्कली परिक्षार्थी प्रयोग गरेकी हुन् । आफूजस्तै देखिने ८ परीक्षार्थीको प्रयोग गरेर कम्तिमा १३ विषयको परीक्षा दिएकी हुन् । एउटा टेलिभिजनले उनको सो नक्कली कामको पर्दाफास गरेको हो । टिभी च्यानलमा सो विषयमा समाचार आइरहँदा प्रहरी परिक्षा हलमा चेकजाँच गर्न पुगेका थिए । प्रहरीले जव परिक्षा दिइरहेकी नुसरत नक्कली नुसरत रहेको थाहा पायो अनि उनलाई वर्खास्त गरिएको छ । टेलिभिजनको टिम पुग्दा नक्कली परिक्षार्थीलाई उनका निजी सुरक्षागार्डले सुरक्षा दिइरहेका थिए ।
यस बारेमा विश्वविद्यालयका अधिकारीलाई थाहा भएपनि घटना बाहिर ल्याएका थिएनन् । टेलिभिजनले समाचार प्रशारण गरेपछि भने बाध्य भएर उनलाई कारवाही गरिएको छ । विश्वविधालयले नुसरतलाई ब र्खास्त गरेको छ ।
नुसरत गतबर्षको निर्वाचनमा अवामी लिगबाट चुनाव जितेर सांसद बनेकी थिइन् । खुल्ला विश्विधालय अन्तर्गत उनले स्नातक तहको आर्ट फ्याकेल्टिको परीक्षा दिदा यो प्रकरण बाहिर आएको हो ।