पोखरा- मंसिर १५ गतेदेखि सुरु हुन लागेको दक्षिण यसियाली खेलकुद (साग)मा एन्फाले पुरुष तथा महिला फुटबलको खेलतालिका सार्वजनिक गरेको छ। नेपाल पुरूष साग फुटबलको समूह ए मा परेको छ। नेपालको समूहमा बंगलादेश र भुटान परेका छन् ।
समूह ‘बि’मा भारत, श्रीलंका र माल्दिभ्स छन्। समूह चरणका खेल लिगको आधारमा हुनेछन्।
तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ३ मा श्रीलंका, डिसेम्बर ५ मा माल्दिभ्स । डिसेम्बर ७ मा भारतसँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा खेलाईने खेलमा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । महिला फुटबल पोखरामा हुनेछ ।
तालिकाअनुसार नेपालको समूहमा बंगलादेश र भुटान रहेका छन् । नेपालले बंगलादेशसँग खेल्दै सागको सुरुवात गर्नेछ ।
नेपाल र बंगलादेशबीचको खेल डिसेम्बर १ तारिमा हुनेछ । नेपालले समूहको दोस्रो खेल डिसेम्बर ५ तारिख भुटानसँग खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।